६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्ने तयारी



अ+ अ-

काठमाडौं । नेपाल सरकारअन्तर्गतका सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याउने विषयमा छलफल भएको छ।

यस सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं अभियन्ता महावीर पुन बीच भेटवार्ता भएको हो।

छलफलमा सरकारी अस्पतालहरूमा रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको अवस्था पहिचान गर्ने, ती उपकरणहरूलाई राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याउने तथा यसका लागि आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।

बैठकमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न प्रयोगविहीन उपकरणहरूलाई पुनः सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै यस कार्यमा मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्यलाई अगाडि बढाउने सहमति भएको बताइएको छ।