२ भाद्र २०८३, मंगलवार
,
Latest
कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा इन्धनको मूल्यमा कटौती



अ+ अ-

काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीच सम्भावित सम्झौताको अपेक्षासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएपछि टर्कीमा इन्धनको मूल्य घटाइएको छ ।

टर्की सरकारले मंगलवार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्यमा कटौती गरेको हो । पेट्रोलको मूल्यमा प्रतिलिटर १.३८ लिरा (०.०३० अमेरिकी डलर) र डिजेलको मूल्यमा प्रतिलिटर १.८१ लिराले कमी आएको छ ।

विश्वव्यापी इन्धनको मानक मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य प्रति ब्यारेल करिब ९४.४० डलरमा झरेको छ । अमेरिका र इरानबीचको शान्ति वार्तालाई लिएर लगानीकर्ताहरूमा छाएको अन्योलका बीच तेलको यो मूल्य पछिल्लो दुई हप्तायताकै न्युन बिन्दु हो ।

गत फेब्रुअरीको अन्त्यतिर द्वन्द्व शुरु भएयता उत्पन्न भू–राजनीतिक तनाव र इन्धनको मूल्यमा आएको उतारचढावलाई मध्यनजर गर्दै टर्कीले मार्च महिनाको शुरुमा ‘स्लाइडिङ–स्केल’ कर प्रणाली लागू गरेको थियो ।

यो अस्थायी व्यवस्थाले उपभोक्ताहरूलाई केही राहत प्रदान गरे तापनि ऊर्जाको उच्च लागतका कारण देशमा मुद्रास्फीतिको चाप भने कायमै छ ।

हाल टर्कीमा वार्षिक मुद्रास्फीति दर ३२ प्रतिशतभन्दा माथि रहेको छ । बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण केन्द्रिय बैंकले मे महिनामा आफ्नो वर्ष–अन्तको मुद्रास्फीति लक्ष्यलाई समेत परिमार्जन गरेको थियो ।

मध्यपूर्वको संकट र विश्व बजारमा आएको परिवर्तनका कारण इन्धनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । हालै गरिएको मूल्य कटौतीका बाबजुद टर्कीमा पेट्रोल र डिजेलको मूल्य अझै पनि उच्च स्तरमै रहेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल