६ श्रावण २०८३, बुधबार
,
Latest
स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको ‘विरोधाभासपूर्ण’ मागका कारण शान्ति वार्ता लम्बिँदैः इरान



अ+ अ-

काठमाडौँ। इरानको विदेश मन्त्रालयले अमेरिकाको नयाँ र विरोधाभासपूर्ण मागहरूका कारण युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रक्रिया लम्बिँदै गएको बताएको छ ।

साप्ताहिक पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी अडानमा देखिएको अस्थिरताका कारण वार्ता निष्कर्षमा पुग्न ढिलाइ भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्को पक्षले निरन्तर आफ्नो धारणा परिवर्तन गर्ने, नयाँ र विरोधाभासपूर्ण मागहरू राख्ने तथा सञ्चारमाध्यममार्फत बाझिने खालका सन्देशहरू प्रवाह गरिरहेको अवस्थामा वार्ता प्रक्रिया लम्बिनु स्वभाविक हो ।’

प्रवक्ता बाघेईले लेबनानमा युद्धविरामको विषय कुनैपनि अन्तिम शान्ति सम्झौताको ’अपरिहार्य’ हिस्सा भएको समेत स्पष्ट पार्नुभयो । इरान र अमेरिकाबीच ४० दिनको युद्धपछि गत अप्रिल ८ मा युद्धविराम भएको थियो ।

त्यसपश्चात अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा पहिलो चरणको शान्ति वार्ता भएपनि त्यसले कुनै ठोस नतिजा निकाल्न सकेको थिएन ।

विगतका केही हप्तादेखि दुवै पक्षले पाकिस्तानको मध्यस्थतामा शान्तिका सर्तहरू समेटिएका विभिन्न प्रस्तावित योजनाहरू आदानप्रदान गरिरहेका थिए ।

उनीहरू युद्ध अन्त्यका लागि एक समझदारी पत्रलाई अन्तिम रूप दिने प्रयासमा रहेका छन् । यद्यपि लेबनानमा इजरायली सैन्य गतिविधिलाई लिएर इरानले अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको सन्देश आदानप्रदान प्रक्रिया तत्कालका लागि स्थगित गरेको इरानको अर्ध–सरकारी समाचार संस्था ‘तस्निम’ ले जनाएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल]