२ भाद्र २०८३, मंगलवार
,
Latest
कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशी विदेशमन्त्री खलिलुर रहमान संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको अध्यक्षमा निर्वाचित



अ+ अ-

काठमाडौँ। बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान संयुक्त राष्ट्रसंघको महासभाको ८१ औँ अधिवेशनका लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

मङ्गलवार भएको निर्वाचनमा उहाँले बहुमत प्राप्त गर्दै सो पद सुरक्षित गर्नुभएको हो । संयुक्त राष्ट्रसंघका १९० सदस्य राष्ट्रहरूले मतदान गरेको उक्त निर्वाचनमा रहमानको पक्षमा ९९ मत खसेको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी साइप्रसका विदेशमन्त्रीका बहुपक्षीय मामिला सम्बन्धी विशेष दूत एन्ड्रियास एस. काकोउरिसले ९१ मत प्राप्त गर्नुभएको थियो ।

सन् २०२६ को फेब्रुअरीमा बंगलादेशको विदेशमन्त्रीका रूपमा शपथ लिनुभएका रहमानले आगामी सेप्टेम्बरमा ८१ औँ महासभाको अधिवेशन शुरु भएपछि एक वर्षका लागि आफ्नो कार्यभार सम्हाल्नुहुनेछ । अध्यक्षमा निर्वाचित भएपछि आफ्नो मन्तव्य राख्दै रहमानले वर्तमान विश्वले भोगिरहेका जटिल चुनौतीहरूबारे चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले ८१औँ अधिवेशनको अध्यक्षको पद विनम्रता र सम्मानका साथ स्वीकार गरेको छु। वर्तमान समयमा द्वन्द्व र युद्धको प्रकोपले मानव समुदायलाई ठूलो पीडा दिइरहेको छ ।

विकासका उपलब्धिहरू जोखिममा छन् र कतिपय क्षेत्रमा ती पछाडि परिरहेका छन् । मानव अधिकार र स्वतन्त्रताको अवस्था विश्वभर खस्कँदै गएको छ भने मानवीय सहायताका क्षेत्रहरू साँघुरिँदै गएका छन् ।’

उहाँले बहुपक्षीयतामा बढ्दो दबाब र राष्ट्रसंघले सामना गरिरहेको वित्तीय संकटप्रति पनि ध्यानाकर्षण गराउनु भयो । यी चुनौतीहरूले संस्थाप्रतिको सार्वजनिक विश्वास र वाचा पूरा गर्ने क्षमतामा ह्रास ल्याउन सक्ने उल्लेख गर्दै उहाँले सबै सदस्य राष्ट्रहरूसँग मिलेर यसको सामना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सन् १९५४ मा जन्मनुभएका रहमान सन् १९७९ मा बंगलादेशको कुटनीतिक सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले सन् १९९९ मा जेनेभास्थित संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनमा विशेष सल्लाहकारको रूपमा राष्ट्रसंघको सचिवालयमा प्रवेश गर्नुभएको थियो ।

राष्ट्रसंघमा २५ वर्षभन्दा लामो सेवा अवधिमा उहाँले न्युयोर्क र जेनेभामा विभिन्न वरिष्ठ पदहरू सम्हाल्नुका साथै राष्ट्रसंघका महत्वपूर्ण प्रकाशनहरूमा प्रमुख लेखक र योगदानकर्ताको रूपमा कार्य गर्नुभएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल