७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठकले टुंगाे लगायाे उम्मेदवारकाे नाम



अ+ अ-

काठमाडाैंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को आइतबार साँझ बसेको सचिवालय बैठकले उपचुनावका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा बसेको बैठकले उम्मेदवारको नाममा सहमति जुटाएको हो ।


उपचुनावमा प्रतिनिधिसभाको कास्की क्षेत्र नं. २ मा विद्या भट्टराई, प्रदेशसभाको भक्तपुर क्षेत्र नं. १क मा देवी प्रसाद ढकाल, दाङ क्षेत्र नं. ३ ख मा विमला ओली र बागलुङमा राष्ट्रिय जनमोर्चालाई समर्थन निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीको पत्नी हुन्। अधिकारीको हेलिकप्टर दुर्घटना परी निधन भएको थियो। वली पूर्व प्रदेश सांसद उत्तरकुमार वलीको श्रीमति हुन्। सांसद उत्तरकुमारको मोरटसाइकल दुर्घटनामा परी निधन भएको थियो।

धरान उपमहानगरपालिकामा नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यी नामहरु सम्बन्धित कमिटीबाट यसअघि नै सिफारिस भए पनि निर्णय हुन बाँकी थियो ।