६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको स्पष्टोक्ति : विषयगत समिति संयोजकलाई ‘छायाँ मन्त्रिपरिषद्’ भन्न मिल्दैन



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको बताउनुभएको छ ।

कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न नमिल्ने उहाँको भनाइ छ ।

“प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो, जसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र हो, सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्नु होइन”, आङ्देम्बेले भन्नुभयो ।

विगतमा नेपाली राजनीतिमा ‘छायाँ सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको भए पनि अहिले कांग्रेसले त्यस्तो संरचना नबनाएको उहाँले स्पष्ट पार्नुभयो ।