६ श्रावण २०८३, बुधबार
,
Latest
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सबैको सहकार्यमा दुग्ध क्षेत्रको दिगो विकास गर्नुपर्छ’



अ+ अ-

काठमाडौँ।  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ ।

‘दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित मनाइएको २६औँ विश्व दूध दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुग्ध क्षेत्रको दिगो विकास भएमा पशुपालक किसान लाभान्वित हुने भएकाले सबैको सहकार्य र ऐक्यबद्धता आवश्यक पर्नेमा जोड दिनुभयो ।

दुग्ध क्षेत्रले ग्रामीण अर्थतन्त्र, पोषण सुरक्षा, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको मन्त्री चौधरीले बताउनुभयो ।

उहाँका अनुसार हाल देशभरबाट दैनिक करिब ११ लाख ५० हजार लिटर दूध औपचारिक रूपमा स्कलन भइरहेको छ । यसबाट दैनिक करिब साढे सात करोड नगद प्रवाह भएको छ । साना किसान, महिला, युवा तथा सहकारीमार्फत सङ्गठित समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुगेको उहाँले बताउनुभयो ।

दूध, दही, घ्यू, मही, पनिरलगायत दुग्धजन्य पदार्थले खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै मन्त्री चौधरीले व्यावसायिक पशुपालनमार्फत युवालाई आकर्षित गर्न सके दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बन्न सक्ने बताउनुभयो ।

दुग्ध क्षेत्रले उत्पादन लागत वृद्धि, कम उत्पादकत्व, भौगोलिक कठिनाइ, पशुरोग व्यवस्थापन, जलवायु परिवर्तन, अपर्याप्त बजारीकरण, भुक्तानी ढिलाइ तथा गुणस्तर नियन्त्रणजस्ता चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै मन्त्री चौधरीले यी समस्याको समाधानका लागि सरकार सक्रिय रहेको बताउनुभयो ।

कार्याक्रममा किसान, सहकारी, पत्रकारलाई सम्मानसमेत गरिएको थियो । रासस




भर्खरै