२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्र यात्रुको सनाखत,यात्रुको खोजी जारी



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दु र्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ । सोमबार नेपालथोकमा एक बालिकाको श व भेटिएसँगै दुर्घटनामा मृ त्यु हुनेको सङ्ख्या १८ पुगेको हो । बालिकाको सनाखत हुन सकेको छैन ।

सनाखत भएकाहरुमा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । पन्ध्र जनाको घ टनास्थलमा तथा दुई जनाको उपचारका क्रममा मृ त्यु भएको हो । सनाखत भएकाहरुमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखाको सैलुङ गाउँपालिका–४ की सलिना तामाङ, वडा नं ३ का तीनमहिने शिशु सिसन तामाङ, वडा नं ५ का ५२ वर्षीया चेतकुमारी बस्नेत, वडा नं ३ का ५१ वर्षीया रत्नकुमारी राउत, वडा नं ५ का १४ वर्षीय निखिल खड्का, वडा नं ४ का १४ वर्षीय दिल लामा, २९ वर्षीय किरण राउत र २० वर्षीया कविता राउत छन् ।

यस्तै सैलुङ गाउँपालिका–३ का ३२ वर्षीया निर्मला खड्का, वडा नं ६ का ७० वर्षीया उरमाया मोक्तान, भीमेश्वर नगरपालिकाका २४ वर्षीया रञ्जिता केसी बस्नेत, काभ्रेको रोशी गाउँपालिका–४ की सजिना तामाङ, दोलखाको सैलुङ्गेश्वरी–५ का ३८ वर्षीय सानू राउत आले, वडा नं ३ का निकेश खड्का र चितवनको पटीहानीका ५६ वर्षीया पूजा बस्नेतको दु र्घटनामा मृ त्यु भएको काफ्लेले जानकारी दिनुभयो । “नदीले बगाएको हुनसक्ने भएकाले यात्रुको खोजी जारी छ”, उहाँले भन्नुभयो ।