७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्र यात्रुको सनाखत,यात्रुको खोजी जारी



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दु र्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ । सोमबार नेपालथोकमा एक बालिकाको श व भेटिएसँगै दुर्घटनामा मृ त्यु हुनेको सङ्ख्या १८ पुगेको हो । बालिकाको सनाखत हुन सकेको छैन ।

सनाखत भएकाहरुमा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । पन्ध्र जनाको घ टनास्थलमा तथा दुई जनाको उपचारका क्रममा मृ त्यु भएको हो । सनाखत भएकाहरुमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखाको सैलुङ गाउँपालिका–४ की सलिना तामाङ, वडा नं ३ का तीनमहिने शिशु सिसन तामाङ, वडा नं ५ का ५२ वर्षीया चेतकुमारी बस्नेत, वडा नं ३ का ५१ वर्षीया रत्नकुमारी राउत, वडा नं ५ का १४ वर्षीय निखिल खड्का, वडा नं ४ का १४ वर्षीय दिल लामा, २९ वर्षीय किरण राउत र २० वर्षीया कविता राउत छन् ।

यस्तै सैलुङ गाउँपालिका–३ का ३२ वर्षीया निर्मला खड्का, वडा नं ६ का ७० वर्षीया उरमाया मोक्तान, भीमेश्वर नगरपालिकाका २४ वर्षीया रञ्जिता केसी बस्नेत, काभ्रेको रोशी गाउँपालिका–४ की सजिना तामाङ, दोलखाको सैलुङ्गेश्वरी–५ का ३८ वर्षीय सानू राउत आले, वडा नं ३ का निकेश खड्का र चितवनको पटीहानीका ५६ वर्षीया पूजा बस्नेतको दु र्घटनामा मृ त्यु भएको काफ्लेले जानकारी दिनुभयो । “नदीले बगाएको हुनसक्ने भएकाले यात्रुको खोजी जारी छ”, उहाँले भन्नुभयो ।