८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री अभिव्यक्तिविरुद्ध प्रदर्शनका क्रममा नेविसंघका नेताहरू पक्राउ, तत्काल रिहाइ गर्न कांग्रेसको माग



अ+ अ-

काठमाडौँ । सीमा समस्या जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोष्टममा दिएको अभिव्यक्तिलाई लिएर आक्रोश व्यक्त गर्दै नेपाली कांग्रेसले ध्यानाकर्षण जनाएको छ ।

पार्टीले आज एक विज्ञप्ति जारी गर्दै सो अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भएको उल्लेख गरेको छ । उक्त विषयलाई लिएर आज सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघ का विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको घटनाप्रति पनि पार्टीले आपत्ति जनाएको छ ।

प्रदर्शनका क्रममा राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई पक्राउ गरिएको बताइएको छ । शान्तिपूर्ण रूपमा विरोध गर्ने नागरिकको संवैधानिक अधिकारमाथि ठाडो उल्लंघन भएको दाबी गर्दै नेपाली कांग्रेसले पक्राउ परेका सबै विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।

यसैबीच, प्रदर्शन स्थल सिंहदरबार आसपास सुरक्षाकर्मीको उपस्थिति बढाइएको बताइएको छ ।