३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले आक्रामक, माफी नमागेसम्म विरोध जारी रहने चेतावनी

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले आक्रामक, माफी नमागेसम्म विरोध जारी रहने चेतावनी
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले कडा आपत्ति जनाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका हुन् ।

महरले नेपालको भूमि सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन र राष्ट्रिय हितविपरीत भएको दाबी गरे । उनले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको भूभाग भएको उल्लेख गर्दै नेपालले कुनै पनि छिमेकी मुलुकको भूमि अतिक्रमण नगरेको बताए ।

सदनलाई सम्बोधन गर्दै उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसद्को गरिमामाथि कसैले पनि प्रश्न उठाउन नहुने धारणा राखे । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली नागरिकको आत्मसम्मानमा चोट पुगेको उनको भनाइ थियो ।

महरले प्रधानमन्त्रीको भनाइबाट भारतीय सञ्चारमाध्यमहरूमा सकारात्मक प्रतिक्रिया आएको उल्लेख गर्दै त्यसले राष्ट्रिय स्वाभिमान कमजोर बनाएको आरोप लगाए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिको समय र सन्दर्भमाथि समेत प्रश्न उठाए ।

यसैबीच उनले प्रधानमन्त्रीको संसद्मा उपस्थित हुँदाको पोषाकप्रति पनि असन्तुष्टि व्यक्त गरे । संसद् मर्यादित संस्था भएकाले त्यहाँको गरिमाअनुसारको आचरण र प्रस्तुति आवश्यक रहेको उनको भनाइ थियो ।

एमालेले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर देशवासीसँग माफी नमागेसम्म संसद्मा विरोधका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिएको छ ।