२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इबोला संक्रमण नियन्त्रणका लागि केन्याद्वारा सीमा क्षेत्रमा निगरानी र शतर्कतामा तिब्रता



अ+ अ-

काठमाडौँ। केन्या सरकारले इबोला भाइरसको सम्भावित संक्रमण फैलिन नदिन देशका सबै प्रवेश नाकाहरूमा निगरानी र स्वास्थ्य जाँच प्रक्रियालाई तिब्रता दिएको छ ।

राष्ट्रपति विलियम रुटोले भाइरसको जोखिम न्युनिकरणका लागि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जानकारी दिनुभएको छ ।

राजधानीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य स्क्रिनिङको व्यवस्थालाई थप सुदृढ बनाइएको छ ।

विमानस्थलको सीमा व्यवस्थापन टोलीले अन्तर्राष्ट्रिय आगमन क्षेत्रमा विशेष निगरानी बढाइएको जनाएको छ । जसअन्तर्गत, इबोलाको उच्च जोखिम रहेका मुलुकहरूबाट आउने यात्रुहरूका लागि विमानस्थलको गेट नम्बर १६ लाई छुट्टै तोकिएको छ ।

विमानस्थलको निरीक्षणपश्चात् जनस्वास्थ्य तथा व्यावसायिक मापदण्ड सचिव मेरी मुथोनीले भाइरस रोकथामका लागि सरकारले कडा नियन्त्रणका उपायहरू अवलम्बन गरेको बताउनुभयो।

उहाँले इबोला भाइरसको प्रवेश रोक्न विभिन्न निकायबीचको समन्वय र एकीकृत प्रयास (मल्टी–एजेन्सी एप्रोच) मा जोड दिनुभएको छ। सम्भावित खतराहरूलाई समयमै सम्बोधन गर्न सबै सीमा नाकाहरूमा कर्मचारीहरूको संख्या बढाइएको र उनीहरूलाई सिफ्ट अनुसार परिचालन गरिएको समेत सचिव मुथोनीले जानकारी दिनुभयो ।

नयाँ स्वास्थ्य मापदण्ड (प्रोटोकल) अनुसार केन्या भ्रमण गर्ने सबै यात्रुहरूले अनिवार्य रूपमा अनलाइन ‘सेल्फ–चेक’ फारम भर्नुपर्ने व्यवस्था गरिएको छ ।

उक्त फारममा यात्रुले आफ्नो हालैको भ्रमण विवरण र स्वास्थ्य अवस्थाको पूर्ण जानकारी उपलब्ध गराउनुपर्नेछ । अध्यागमन प्रक्रिया पूरा गर्नुअघि स्वास्थ्य सम्बन्धी यी विवरणहरू अनिवार्य गरिएको सरकारले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल