५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

असहायका लागि खाना, नाना र छानाको व्यवस्था गर्छौः मुख्यमन्त्री बानियाँ



इन्द्रबहादुर बानियाँ/फाइल फोटो
अ+ अ-

चितवन। बागमती प्रदेश सरकार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले असहाय र बेवारिसेका लागि आश्रय प्रदेश सरकार दिने बताउनुभएको छ ।

आज यहाँ आयोजित चितवन जिल्ला सहयोगापेक्षी, बेसाहारा, अभिभावकविहीन सडक आश्रित मानव मुक्त घोषणा कार्यक्रममा उहाँले यस्ता व्यक्तिहरुका लागि खाना, नाना र छानाको व्यवस्था प्रदेश सरकारले गर्ने र यसको व्यवस्थापन सामाजिक संस्थाहरुले गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले असहाय तथा मानव सेवामा समर्पित संस्थाहरूलाई सहयोग गर्न प्रत्येक पालिकामार्फत कम्तीमा रु पाँच लाख उपलब्ध गराउन सुरु गरिएको उहाँले बताउनुभयो ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे, संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले सहयोगापेक्षी, बेसाहारा, अभिभावकविहीन सडक आश्रित मानवमुक्त घोषणासँगै जिल्लावासीको सक्रियता आवश्यकता रहने बताउनुभयो ।  रासस