१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

युक्रेनको आणविक भट्टीमा ड्रोन आक्रमण

युक्रेनको आणविक भट्टीमा ड्रोन आक्रमण
अ अ+ अ-

भियना। रुसको नियन्त्रणमा रहेको दक्षिणी युक्रेनको जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा निकाय (आइएइए) ले पुष्टि गरेको छ।

भियनास्थित उक्त निकायले सामाजिक सञ्जालमा लेखेको छ, “जापोरिज्जिया ऊर्जा संयन्त्र (जेएनपिपी) मा खटिएको हाम्रो टोलीले टर्बाइन भवनको बाहिरी भागमा क्षति पुगेको फेला पारेको छ । टोलीको निरीक्षणमा उक्त क्षति ड्रोन आक्रमणकै कारण भएको देखिन्छ। यद्यपि, ऊर्जा केन्द्र र त्यसको वरपर विकिरणको स्तर भने सामान्य छ।”

युरोपको सबैभन्दा ठूलो मानिने यो आणविक प्लान्टलाई रुसी सेनाले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको प्रारम्भिक दिनमै कब्जा गरेको थियो। यस क्षेत्रमा आणविक दुर्घटनाको जोखिम बढेको भन्दै मस्को र किएभले बारम्बार एकअर्कामाथि आक्रमणको आरोप लगाउँदै आएका छन्।

रुसको सरकारी आणविक कम्पनी ‘रोसाटोम’ ले युक्रेनले जानाजानी ‘फाइबर अप्टिक केबल’बाट नियन्त्रित ड्रोनमार्फत उक्त आक्रमण गरेको आरोप लगाएको छ।

रोसाटोमका प्रमुख कार्यकारी एलेक्सी लिकाचेभले यो घटनाले रुस र युक्रेनको सीमाभन्दा टाढा बस्ने मानिसहरूलाई समेत गम्भीर असर पार्न सक्ने चेतावनी दिनुभएको छ ।

अर्कोतर्फ, युक्रेनी विदेश मन्त्रालयले रुसको उक्त आरोपको खण्डन गर्दै एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “युक्रेनले आफ्नै भूमिमा रहेको आणविक प्लान्टमा आक्रमण गर्न सक्दैन, जसलाई उसले पुनः आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। रुसको यो दाबी केवल अफवाह फैलाउने अर्को प्रयास मात्र हो।”