१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु
अ अ+ अ-

काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकलहरूको आधिकारिकवितरकएमएडब्लू राइड्स प्रा.लि. ले देशभरका डिलरहरूबाट उत्कृष्ट बिक्री तथा सेवा दक्षता भएका प्रतिभाहरूलाई एकत्रित गर्दै रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३ सफलतापूर्वक सम्पन्न गरेको छ।

यामाहा ट्रेनिङ एकेडेमीको छातामुनि रहेर आयोजना गरिएको यस प्रतियोगिताले अग्रपंक्तिमा रहेर कार्यरत जनशक्तिको सीप अभिवृद्धि, उत्कृष्टताको सम्मान तथा भविष्यका लागि अझ सशक्त सेल्स टिम निर्माण गर्ने उद्देश्य राखेको थियो।

बिक्रीतर्फको क्षेत्रीय प्रतिस्पर्धा काठमाडौं, इटहरी, बर्दिबास, भरतपुर र नेपालगञ्ज गरी पाँच प्रमुख शहरमा आयोजना गरिएको थियो, जसले मेचीदेखि महाकालीसम्मका प्रमुख व्यापारिक क्षेत्र समेटेको थियो। त्यसैगरी, सेवातर्फको प्रतियोगिता काठमाडौं, बुटवल, बर्दिबास, इटहरी र नेपालगञ्जमा सम्पन्न गरिएको थियो। सहभागीहरूको मूल्याङ्कन उत्पादनसम्बन्धी ज्ञान, प्रतिस्पर्धीबारे जानकारी, अटोमोबाइलका आधारभूत विषय तथा व्यावहारिक बिक्री र सेवा सीपका आधारमा गरिएको थियो।

सेल्स स्किल प्रतियोगितामा विजयी हुन सफल बी एण्ड बी अटो ट्रेडर्स प्रा. लि., विराटचोकका चूडामणि आचार्य (विनर), भिएडब्लु इन्टरप्राइजेज प्रा. लि., पोखराका समुन्द्र पंगेनी (फर्स्ट रनर अप) तथा डी एण्ड डी अटोलिङ्क प्रा. लि., सीतापाइलाका अनिश महर्जन (सेकेन्ड रनर अप) लाई सम्मानित गरिएको थियो। त्यसैगरी, सर्भिस स्किल प्रतियोगितामा मोटो क्राफ्ट, गोंगबुका प्रवीण सान्डा (विनर), ऋषिक अटोमोबाइल्स, कुमारीपाटीका निरोज श्रेष्ठ (फर्स्ट रनर अप) तथा क्रेशभ कमर्सियल, दमकका दिपन सरकार (सेकेन्ड रनर अप) विजेता बनेका थिए। उनीहरूले आफ्ना प्रतिस्पर्धीहरूमाझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन्। सबै विजेताहरूले भैरहवाको परासीस्थित यामाहा फ्याक्ट्री भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, सर्भिस स्किल प्रतियोगिताका विजेताहरूले विश्वस्तरीय स्किल प्रतियोगितामा सहभागिता जनाउने अवसर समेत प्राप्त गर्नेछन्।

पाँचै क्षेत्रबाट बिक्री तथा सेवातर्फका उत्कृष्ट तीन-तीन जना गरी कुल ३० जना फाइनलिस्टहरूले राष्ट्रिय सेल्स स्किल कन्टेस्टमा स्थान सुरक्षित गरेका छन्। यो उपलब्धि केवल व्यक्तिगत उत्कृष्टताको प्रतीक मात्र नभई सम्बन्धित डिलरशिपहरूको निरन्तर सिकाइ र व्यावसायिक विकासप्रतिको प्रतिबद्धताको उदाहरण पनि हो।

यस वर्ष एमएडब्लू राइड्स र वाईटीएले महत्वपूर्ण कदमका रूपमा बिक्री र सेवा दुवै विधालाई एउटै संयुक्त राष्ट्रिय कार्यक्रममा समेट्ने एकीकृत अवधारणा अघि बढाएका छन्। राष्ट्रिय स्किल कन्टेस्ट २०८२/८३ यहि जेठ १६ गते काठमाडौंको त्रिपुरेश्वरस्थित यामाहा ट्रेनिङ एकेडेमीमा बिहान ९:०० बजेदेखि आयोजना हुने तय गरिएको छ।

सेल्सतर्फका सहभागीहरूले लिखित परीक्षा, प्रडक्ट डेमो, तथा भाइभाको सामनागरेका थिए भने सर्भिसतर्फका सहभागीहरूको मुल्यांकन बिगिनर्स, ब्रोन्ज, इन्जिन, इलेक्ट्रिकल तथा एफआई सिस्टम विधामा गरिएको थियो।

एमएडब्लू राइड्सका अनुसार यो पहल केवल प्रतिस्पर्धा नभई जनशक्तिमा गरिएको लगानी पनि हो। आधारभूत तहदेखि नै दक्ष जनशक्ति विकास गर्दै लैजाँदा यामाहाको डिलर नेटवर्क अझ सशक्त बन्ने र अन्ततः नेपालभरका ग्राहकहरूले अझ उत्कृष्ट सेवा अनुभव प्राप्त गर्ने कम्पनीको विश्वास छ।