१५ भाद्र २०८३, सोमबार
,
Latest
वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटारीमा खानेपानीको समस्याः दमकलबाट वितरण गर्दै नगरपालिका



oplus_2097152
अ+ अ-

उदयपुर। उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ ।

कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक सातादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो । कटारी नगरपालिका-३, ४ र ५ मा पानीको समस्या देखिएको हो ।

यसैबीच, गर्मीमा खानेपानी अभाव भएपछि कटारी नगरपालिकाले आजदेखि नगरको दमकलबाट पानी वितरण सुरु गरेको छ । “स्थानीयलाई गर्मीमा पिउने पानीको समस्या नहोस् भनेर दमकलबाट टोलटोलमा पानी वितरण सुरु गरेका छौँ”, नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले भन्नुभयो, “उपभोक्ता संस्था देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी पुर्‍याउन थालेका हौँ ।”

आज बिहान कटारी-४ डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्रीसहित पानी माग्न नगरप्रमुखको घर पुगेका थिए । “पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि हामी नगरप्रमुखको घर गएका हौँ”, स्थानीय केदार रानामगरले भन्नुभयो, “यस्तै अवस्था रहिरहे खाना खाने थाल धुन पनि पानी अभाव हुनेछ ।”

कटारी बजारका होटलसहित स्थानीयलाई समस्या भएको रानामगरको भनाइ छ । अटो रिक्सामार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । खानेपानी आयोजनाको मोटर (पानी तान्ने उपकरण) पटकपटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ ।

संस्थाका अध्यक्ष विष्णु पौडेलले नयाँ मोटर ल्याउन लागिएको जनाउँदै सम्भवतः भोलि दिउँसोसम्ममा आइपुग्ने बताउनुभयो । सोमबार मोटर आएमा बेलुकासँग जडान गरी मङ्गलबारदेखि नियमित पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

“मोटर भारतबाट ल्याउन लागिएको थियो । उक्त मोटर विराटनगर भन्सारमा रोकिएपछि काठमाडौँबाट अर्को मगाएका छौँ । सोही कारणले केही ढिलाइ भएको हो । मङ्गलबारसम्म यो समस्या समाधान हुनेछ”, अध्यक्ष पौडेलले भन्नुभयो । रासस