३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत भएपछि ७८० जना पक्राउ



अ+ अ-

पेरिस। पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगमा आर्सनलमाथि जित हासिल गरेको अवसरमा भएको खेलमा हिंसात्मक झडप र सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि फ्रान्सका अधिकारीहरूले हिंसा नियन्त्रणका लागि देशभरि ७८० जनालाई पक्राउ गरिएको घोषणा गरेका छन्।

पिएसजीको जितमा रमाउने र खेलका लागि हजारौँ मानिस पेरिसको सडकमा उत्रिएका थिए ।

बिजयोत्सवका लागि सडकमा भेला भएका शुभेच्छुकका केही समूह र प्रहरीबीच भीड नियन्त्रणका क्रममा झडप भएको थियो ।

प्रशासनले गत वर्षको बिजयोत्सबपछिको अशान्तिलाई मध्यनजर गर्दै करिब २२ हजार सुरक्षाकर्मीलाई सडकमा उतारेको थियो ।

कानून प्रवर्तनलाई लक्षित आतिशबाजीको बढ्दो प्रयोग र झडपलाई प्रकाश पार्दै गृहमन्त्री लरेन्ट नुनेजले एक संक्षिप्त पत्रकार सम्मेलनमा भन्नुभयो, “फ्रान्समा ५७ सुरक्षाकर्मी र २१९ जना बिजयोत्सवमा सहभागी व्यक्ति घाइते भएका छन्भने उनीहरूमध्ये आठ गम्भीर रूपमा घाइते भएका छन् ।”

पेरिसको सरकारी अभियोजनकर्ताको कार्यालयले पेरिसको रिङरोडमा ‘मोटोक्रस बाइक’ दुर्घटनामा एक युवकको मृत्यु भएको घोषणा गरेको छ र राजधानीमा एक व्यक्ति धारिलो हतियारको आक्रमणबाट घाइते भएको र उनको अवस्था गम्भीर रहेको बताएको छ ।

नुनेजले गत वर्ष पिएसजीको च्याम्पियन्स लिग जितको खुसियालीको तुलनामा यो सङ्ख्या ३२ प्रतिशतले बढी भएको बताउनुभयो । (रासस/एएफपी)