१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति र भारतीय सेनाका क्वार्टर मास्टर जनरलबिच भेटवार्ता



अ+ अ-

प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका क्वार्टर मास्टर जनरलले भेटवार्ता गरेको छ । उनीहरुबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाईएको छ । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।