८ असार २०८३, सोमबार
,
Latest
मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार पदका लागि महोत्तरीमा उपनिर्वाचन



अ+ अ-

महोत्तरी । आउँदो मङ्सिर १४ गते हुने उप निर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको चार पदका लागि उप निर्वाचन हुनेभएको छ । एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको स्थान रिक्त रहेको छ । पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा नगरपालिकाको वडा नं– २ र ८ का वडाध्यक्षको मृत्यु भएकाले सो पदका लागि निर्वाचन हुनेछ ।

त्यस्तै मटिहानी नगरपालिका–६ का वडाध्यक्षको नाम लोकसेवामा सिफारिस भएपछि रिक्त स्थानमा निर्वाचन हुने झाले बताउनुभयो । सो उपनिर्वाचनमा २४ हजार ४९२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।