७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्त क्यान्सरको उपचारपछि रिम्पो विद्यालय जान थाले



अ+ अ-

काठमाडौं । क्यान्सर रोग लागेपछि सबैथोक सकियो भनेर आत्तिने नेपाली समाजमा धेरैतिर भौंतारिएर दुई वर्षसम्म क्यान्सरको उपचार गरी निको भएर पोखराका १३ वर्षे वालक पुरानै दिनचर्यामा फर्केका मात्रै छैनन् फेरि विद्यालय जान थालेका छन् ।

एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया अर्थात ब्लड क्यान्सर भएर उपचारपछि निको भएका पोखराका १३ वर्षे वालक रिम्पो योल्मो २ वर्ष १ महिनापछि फेरि विद्यालय जान थालेका हुन् । उनी पहिला पढेर छोडेको विद्यालय मेरिगोल्ड बोर्डिङ्ग स्कुल पोखरामै २ वर्षपछि ८ कक्षामा भर्ना भएर जान थालेको रिम्पोका बुबा नर्वु योल्मोले बताए ।

सो विद्यालयमा ७ कक्षामा पढ्दापढ्दै ब्लड क्यान्सर लागेको पत्ता लागेपछि उनी उपचारको लागि पोखराबाट शुरुमा कान्ति अस्पताल महाराजगञ्ज र पछि ओम अस्पताल चावहिल पुगेका थिए ।
‘अहिले रिम्पो पुर्णरुपमा स्वस्थ भएका छन्’— रिम्पोको उपचारमा संलग्न वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञले भनेको रिम्पोका बाबु नर्वुले बताएका छन् । तर रिम्पोलाई बुबा नर्वुसँग मासिक रुपमा ति चिकित्सकसँगको परामर्श र फलोअपमा भने आईराखेका छन्, आउनुपर्छ ।

गत साउन १८ गते ललितपुरको हेरिटेज गार्डेनमा नेपालमै पहिलो पटक आयोजना गरेको ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाईभर र्याम्पवाक’मा रिम्पोले क्यान्सर लागेपछिको आफ्नो वेदना सुनाउँदा उपस्थित दर्शक सबै जना भावव्हिल भएका थिए । ‘आफ्ना साथीहरु खेलीकुदी रहँदा आफू भने अस्पतालको बेडमा क्यानुला (सुई) बाट औषधि चढाइ राख्न परेको छ’ भनेर उनले वेदना गरेका थिए ।

समयमै उपचार गर्न सके बाल क्यान्सर रोग निको हुन्छ भन्ने सन्देश दिन क्यान्सर निको भएका र उपचारको क्रममा रहेका ५० बालबालिकालाई समेटेर नेपाल क्यान्सर अस्पताल हरिसिद्धि र नेपाल क्यान्सर सहयोग समूहद्वारा आयोजित सन्देशमूलक उक्त ‘र्याम्पवाक’को प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन थिए ।

‘क्यान्सर लाग्दैमा आत्तिन नपर्ने र समयमै उपचार गर्नुपर्ने सन्देश दिन र क्यान्सर भएका बालबालिकालाई हौसला दिन नेपालमै पहिलोपल्ट र्याम्पवाक’को आयोजना गरिएको नेपाल क्यान्सर सहयोग समूहकी कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन् ।