६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा प्रसूति गृह र सामुदायिक भवन निर्माण



अ+ अ-

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण गरिएका छन् ।

निलगिरिखोला जलविद्युत आयोजनाको रु ६८ लाख ४९ हजार सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएका हुन् ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत् आयोजनाको प्रवर्द्धक निलगिरि खोला हाइड्रोपावरले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत भवन निर्माणमा सहयोग गरेको बताउनुभयो ।

चारकोठे दुई तले प्रसूति गृह भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री र उपकरण व्यवस्थापन गरेर प्रसूति गृह सञ्चालन गरेको छ । बाँसबोटमा निर्माण भएको सभाहलसहितको दुई तले भवनमा भेला, बैठक, तालिम, गोष्ठीका साथै भोजभतेर र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज भएको स्थानीय तम चोचाङ्गीले बताउनुभयो ।

बाँसबोटको भवन निर्माणका लागि स्थानीय डिलमाया तिलिजाले चार रोपनी आठ आना जग्गा निःशूल्क उपलब्ध गराउनुभएको थियो । आयोजनाले वडा कार्यालयको सिफारिस र प्रभावित क्षेत्रका बासिन्दाको मागअनुसार अन्य स्थानीय विकास निर्माण तथा सामाजिक क्षेत्रमा पनि सहयोग गरिरहेको जनाएको छ ।