१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसद आलमको बयान रोकियो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको बयान रोकिएको छ । कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि रौतहट जिल्ला अदालतमा आलमका बयान रोकिएको हो ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालयले आलमविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो ।