७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको प्रथम वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा अध्यक्ष अन्सारीले आयोगले आव २०७५/७६ मा सम्पादन गरेको वार्षिक कार्यप्रगति, भावी कार्यदिशा, मुसलमान समुदायको शिक्षाको अवस्था, समावेशिता कार्यान्वयनको पाटोलगायत विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

नेपालको संविधानको धारा २६४ मा नेपालमा एक मुस्लिम आयोग रहने व्यवस्था छ । अध्यक्ष अन्सारीको अध्यक्षतामा विसं २०७५ चैतमा आयोगको गठन भएको थियो । गठनपछि आयोगले मुस्लिम समुदायमा विद्यमान लैङ्गिक विभेद र दाइजो प्रथाविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै शैक्षिक जागरण अभियान चलाउँदै आएको छ । आयोगले निजामती सेवामा मुसलमान समुदायको प्रवेश सङ्ख्या बढाउन लोकसेवा तयारीका कक्षासमेत सञ्चालन गर्दै आएको छ ।