२० भाद्र २०८३, शनिबार
,
Latest
बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री हुनेछ : मुख्यमन्त्री बानियाँ



फाइल फोटो
अ+ अ-

चितवन। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले ल्याउने बजेट उद्योगमैत्री हुने बताउनुभएको छ ।

आज यहाँ प्रिफ्याव प्यानल नेपाल उद्योगको अनुगमन निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रदेश सरकारले उद्योगीको हितमा बजेट ल्याउने तयारी गरेको बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले भन्नुभयो, “व्यवसायीलाई प्रोत्साहन गर्ने गरी उद्योगमैत्री बजेट ल्याउने तयारी भइरहेको छ । प्रदेश सरकारले वातावरण तथा पर्यापर्यटनसँग जोडिएका उद्योगहरूलाई बैंकिङ ब्याजमा सहुलियत दिने नीतिअनुसार काम गरिरहेका छौँ । अन्य क्षेत्रको विकासको लागि पनि सोहीअनुसारको नीति अगाडि सार्छौं ।”

ऊर्जा क्षेत्रलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयसँगै त्यसलाई उत्पादनसँग जोड्ने गरी योजना ल्याउने उहाँको भनाइ थियो ।

निर्माण क्षेत्रमा आधुनिक, दिगो तथा वातावरणमैत्री प्रविधि भित्र्याउने उद्देश्यका साथ स्थापित प्रिफ्याव प्यानल नेपाल उद्योगले अत्याधुनिक स्मार्ट प्यानलसहित विभिन्न नयाँ निर्माण सामग्रीहरू उत्पादन गर्दै आएको छ । उद्योगका अध्यक्ष नारायण रेग्मीका अनुसार नेपाली बजारमा नेपालको उत्पादन पु¥याउन सक्ने गरी काम अघि बढाइएको छ ।

उद्योग स्थापित भएको छोटो समयमा नै उद्योगले आधुनिक निर्माण प्रविधिलाई देशभर विस्तार गर्न सफलता मिल्दै गएको बताउनुभयो ।

“अनुभवी र दक्ष कामदारबाट यस उद्योगले निर्माणका लागि आवश्यक प्यानलहरु उत्पादन गर्दै आएको छ । हाल ५० जिल्लामा हाम्रा उत्पादन उपलब्ध गराइरहेका छौँ, यसलाई विस्तार गर्दै जान्छौँ”, अध्यक्ष रेग्मीले भन्नुभयो ।

भरतपुर महानगरपालिका–८ मा रहेको यस उद्योगको उत्पादन भवन रहेको छ । रासस