८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन विदेशी सहित चार जनाले १३ कराेड राजश्व छलेकाे भेटियाे, जिल्ला अदालतमा मुद्दा दायर



अ+ अ-

काठमाडाैंः राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गरेको अभियोगमा नेपाल दोङ्गह्वा कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कम्पनी प्रा.लि. विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

तीन जना विदेशी नागरिक समेत संचालक रहेको यस कम्पनीमाथि रू १३ करोड १३ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले संचालकमाथि बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्मको कैद सजाय समेत मागदाबी गरेको छ ।

कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको अनुसन्धानबाट खुलेको थियो । मूल्य अभिवृद्धि करतर्फ रु ४ करोड २१ लाख, आयकर तर्फ रु ७ करोड ७८ लाख र भएको आय लुकाई कानून बमोजिम मुनाफा वितरण गर्दा लाग्ने लाभांश कर तर्फ रु १ करोड १४ लाख राजस्व चुहावट गरेको विभागको भनाई छ ।

राजश्व हिनामिनाको कसुरमा कम्पनीका विदेशी संचालकहरू याङ लिन, शे श्याङजुन र वे देगुइ तथा सुविन श्रेष्ठ विरुद्ध बिगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय गर्न माग गरिएको विभागले जनाएको छ ।