७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन विदेशी सहित चार जनाले १३ कराेड राजश्व छलेकाे भेटियाे, जिल्ला अदालतमा मुद्दा दायर



अ+ अ-

काठमाडाैंः राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गरेको अभियोगमा नेपाल दोङ्गह्वा कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कम्पनी प्रा.लि. विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

तीन जना विदेशी नागरिक समेत संचालक रहेको यस कम्पनीमाथि रू १३ करोड १३ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले संचालकमाथि बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्मको कैद सजाय समेत मागदाबी गरेको छ ।

कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको अनुसन्धानबाट खुलेको थियो । मूल्य अभिवृद्धि करतर्फ रु ४ करोड २१ लाख, आयकर तर्फ रु ७ करोड ७८ लाख र भएको आय लुकाई कानून बमोजिम मुनाफा वितरण गर्दा लाग्ने लाभांश कर तर्फ रु १ करोड १४ लाख राजस्व चुहावट गरेको विभागको भनाई छ ।

राजश्व हिनामिनाको कसुरमा कम्पनीका विदेशी संचालकहरू याङ लिन, शे श्याङजुन र वे देगुइ तथा सुविन श्रेष्ठ विरुद्ध बिगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय गर्न माग गरिएको विभागले जनाएको छ ।