२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली सुन देखाई ठगी गर्ने पक्राउ



अ+ अ-

साँखु । नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ बेँसीगाउँबाट पक्राउ गरेको छ । बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय बौद्धले दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठेगाना भएका २० वर्षीय पेम्बा तामाङलाई नियन्त्रणमा लिएको हो ।

लामो समयदेसख ‘फाइन गोल्ड वान केजी’ लेखिएको सुनजस्तो देखिने पहेँलो धातु बोकेर बिक्री वितरणका लागि ठगी गर्ने व्यक्ति हिँडिरहेका प्रहरीले जनाएको छ । पक्राउपछि उनीहरुलाई आज म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने बौद्धका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिए ।