३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको उपाधि उप्रेती र चौधरीलाई

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको उपाधि उप्रेती र चौधरीलाई
अ+ अ-

काठमाडौं। ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’ को तेस्रो संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी १२ जना खेलाडी प्रवेश गरेका छन् । पुरुषतर्फ एक विदेशी आरोही पनि फाइनलमा पुगेका छन् ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको उद्देश्य नेपालमा साहसिक आरोहण खेलको प्रवद्र्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्नु रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष तथा महिला विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा भइरहेको छ । दुवै विधाका विजेताले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानका लागि ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरुङका अनुसार बिहीबार बिहान भएको उद्घाटन कार्यक्रम नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले गरेका हुन् । शुक्रबार हुने फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पाको विशेष उपस्थिति रहने जनाइएको छ ।

हालसम्म प्रतियोगितामा २७ पुरुष र ११ महिला सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै ६ पुरुष र ६ महिला खेलाडी फाइनलमा पुगेका अध्यक्ष गुरुङले जानकारी दिए ।

‘यस वर्षको प्रतियोगिता विशेष छ, किनभने पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको हो,’ गुरुङले भने, ‘अघिल्ला दुई संस्करण भने टप–रोप क्लाइम्बिङमा मात्र सीमित थिए ।’

तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा सुरु गरिएको यो प्रतियोगिता सन् १९५३ मे २९ मा सर एड्मण्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको आयोजकले जनाएको छ ।

गुरुङका अनुसार यस वर्षको प्रतियोगिता विशेष रूपमा मे २९ तारिखको ऐतिहासिक अवसरलाई लक्षित गर्दै आयोजना गरिएको हो । सगरमाथा आरोहणसँग जोडिएको यस महत्वपूर्ण दिनमा प्राविधिक साहसिक खेलसम्बन्धी कार्यक्रम कमै आयोजना हुने भएकाले प्रतियोगितालाई अझ विशेष बनाइएको उनले बताए ।

‘हालसम्म मे २९ तारिखलाई मुख्यतः र्याली, प्रमाणपत्र वितरण तथा औपचारिक कार्यक्रममार्फत मात्र मनाइँदै आएको थियो । यस वर्ष पहिलो पटक नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन क्ष्लअ. को संयुक्त आयोजनामा प्राविधिक रूपमा प्रतियोगिता सञ्चालन गरिएको हो, जसले नेपालको क्लाइम्बिङ क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्याउने हाम्रो अपेक्षा छ,’ गुरुङले भने ।

उनले थपे, ‘इतिहाससँग जोडिएको यस महत्वपूर्ण दिनमा प्रतियोगिता आयोजना गर्नु तेन्जिङ नोर्गे शेर्पाको साहस र पर्वतारोहण क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान हो ।’

आयोजकका अनुसार प्रतियोगिताले नेपालमा विकसित हुँदै गएको साहसिक आरोहण खेल संस्कृतिलाई थप प्रवद्र्धन गर्नुका साथै युवा पुस्तालाई साहसिक खेल तथा पर्वतारोहणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।