७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्दो सवारी दुर्घटना: नरपानीमा कार दुर्घटना तीनको मृत्यु



अ+ अ-

अर्घाखाँची । सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिए ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ ।

घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।