२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते



अ+ अ-

बर्दिया । गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन् ।

घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताउनुभयो ।

गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिकरुपमा भत्काएर पुनःनिर्माणाधीन गर्दा छत भत्किँदा किचिएर मालिक भवीको मृत्यु हुनुको साथै दुई कामदार गम्भीर घाइते भएका हुन् । उनीहरुको प्रहरीले उद्धार गरेको छ ।