२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्ध प्रशोधन केन्द्र तिलोत्तमा



अ+ अ-

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।

असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’ मा राखेको थियो । करीब रु ४० करोडको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी सङ्घले काम अघि बढाएको हो । तिलोत्तमा नगरपालिकाले परियोजनका लागि चार बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सङ्घले प्रदेश ५ का झण्डै ४०० सहकारीकर्मीबीच अन्तक्र्रिया गरेर दुग्ध प्रशोधन परियोजनाको बारेमा अवधारणा सार्वजनिक गरेको छ । रुपन्देहीसहित प्रदेश नं। ५ का सबै जिल्लामा उत्पादित दूधको बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले दुग्ध प्रशोधन केन्द्रको अवधारणा अघि सारिएको हो । उचित बजारीकरण नहुँदा दूध उत्पादन हुने मुख्य सिजनमा यहाँका किसानले मिल्क होलिडेको समस्या भोग्न बाध्य छन् ।

यस्तै लागतअनुसारको मूल्य पनि पाउन सकेका छैनन् । किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्दै दूधको बजार सुनिश्चित गराउन परियोजनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।

तिलोत्तमाले आफ्ना दूध उत्पादक किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान र पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै पशुको पञ्जिका राख्ने तथा पशुपालन राहत कोष र समूहमा पशुपालन गर्ने महिलालाई बैंक ब्याजमा अनुदान दिने व्यवस्था पनि मिलाएको छ ।

युएचटी दुग्ध प्रशोधन परियोजना निर्माणमा प्रदेश सरकारले समेत सघाउने जनाएको छ । प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले दुग्ध प्रशोधन परियोजनाको स्थापनाले दूध उत्पादन, प्रशोधन र बिक्री वितरण सहज हुने भएकाले यसमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ रुपन्देही जिल्ला दुग्ध उत्पादनमा विशिष्ट स्थान हासिल गरेको भन्दै दुग्ध प्रशोधन परियोजना स्थापना भएपछि त्यसको फाइदा किसानले लिन सक्ने बताउनुहुन्छ । दुग्ध प्रशोधन परियोजनासम्बन्धी अवधारणा तयार पार्नुभएका प्रदेश नं। ५ का पशुपक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीले सहकारीले नै प्रवद्र्धन गर्ने परियोजना आफैँमा सबैका लागि प्रेरणादायी बन्ने बताउनुभयो ।

लुम्बिनी विशिष्टीकृत सहकारी सङ्घका अध्यक्ष खगराज शर्माले प्रदेश नं ५ का सहकारीकर्मीको उत्साहले परियोजनालाई गन्तव्यमै पु¥याउने बताउनुभयो ।