८ असार २०८३, सोमबार
,
Latest
नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कात्तिक नाचअन्तर्गत युद्धकला मञ्चन हुँदै



अ+ अ-

ललितपुर । सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत ३७९ वर्ष पुरानो ललितपुरको ऐतिहासिक कात्तिक नाचको आज छैटौँ दिन युद्धकला नृत्य मञ्चन गरिने भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अबधिभर कात्तिक नाच हुने गर्छ । आज आयोजना हुने पहिलो चरणको नाटकमा उषा हरण र माधवानल लीलासम्बन्धी युद्धकला देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “सो नाचअन्तर्गत महादेव र कृष्णबीचको युद्ध पनि देखाइने छ ।” सो नाचको दोस्रो चरणमा कामसेन राजा र विकटाक्षर राक्षसवीचको अर्को युद्धलाई नृत्यमार्फत मञ्चन गरिने छ ।

युद्धकला नाचमा १६ कलाकारको विशेष भूमिका रहने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिनुभयो । गत कात्तिक १५ गतेदेखि शुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याख,ं दोस्रो दिन भक्त सुरदास प्याखं र तेस्रो, चौथो र मङ्गलबार पाचौँ दिन बाथ प्याखँमा आधारित कानको कुण्डल बेच्ने तीन दाजुभाइको विछोड भएपछि भोग्नुपरेकोे सुखदुःखले जीवनमा प्रेरणा मिल्ने र अन्तमा सबैभन्दा बाठो भनेको व्यक्ति नै महामूर्ख हुने नाटक मञ्चित भएका नाटकको सार थिए ।

विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले कात्तिक नाच शुरुआत गर्नुभएको इतिहासमा उल्लेख छ । सत्रौँ शताब्दीमा शुरु भएको विष्णु पुराणमा आधारित कात्तिक नाचमा विष्णुको अवतार, नृसिंह, राजा हीरण्यकश्यपु र विष्णुका भक्त प्रल्हादको कथामा आधारित भएर प्रदर्शन गरिन्छ । ऐतिहासिक रुपमा सांस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोेकेको सो नाचको गरिमा अहिलेम्मम उत्तिकै रहेको जानकारहरूको भनाइ छ । नाचको माध्यमबाट जीवनोपयोगी विभिन्न धार्मिक कुरालाई संवाद, नाटक र नृत्यको माध्मबाट प्रस्तुत हुँदै आएको स्थानीय बृद्ध सूर्यमान डङ्गोलले बताउनुभयो ।