२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अस्पतालमा चिकित्सक अभाव



अ+ अ-

सङ्खुवासभा । खाँदबारी नगरपालिका–१ की लक्ष्मी कार्की तातोपानीले शरीरमा नराम्रोसँग पोलेकाले उपचार गर्न खाँदवारीस्थित जिल्ला अस्पताल पुग्नुभयो । दक्ष चिकित्सक नभएकाले उचित स्वास्थ्यसेवा नपाएको बिरामी कार्कीको गुनासो थियो ।

आइतबार अस्पताल भर्ना हुनुभएकी लक्ष्मी कार्कीले भन्नुभयो, “सरकारले ५० श्ययाको अस्पतालमा स्तरवृद्धि गरेपनि सेवा भने स्वास्थ्यचौकीको जति पनि पाइएन ।” खाँदवारी अस्पतालमा भर्खर एमबिबिएसको पढाइ सकेर आएका परीक्षणमा काम गरिरहेका चिकित्सक, स्वास्थ्य सहायक र अहेबको भरमा चलेको छ । अस्पताल बसाइँको अवधिमा बिरामी कार्कीले सामान्य रोगको उपचारका लागि आएका बिरामीलाई पनि त्यहाँ कार्यरत चिकित्सकले धरान, विराटनगर वा काठमाडौँं लैजान भन्ने गरेको देखेको अनुभव सुनाउनुभयो ।

दशैँ र तिहारलगायतका चाड मनाउन घर गएका चिकित्सक अहिलेसम्म नफर्किएको स्थानीयवासी छत्रमणि काफ्लेले बताउनुभयो । सघन उपचार कक्षमा भर्ना भएका बिरामीलाई चेकजाँच गर्न चिकित्सक आउदैनन् । पटक–पटक फोन गरेपछि एक पटक आउँछन्, अनि हेरेजस्तो गरेर हिँडिहाल्छन्, जान्ने बुझ्नेलाई पनि जिल्ला अस्पतालमा सेवा लिन समस्या छ । चिकित्सासेवा लिन अस्पताल आउनुभएका काफ्लेले भन्नुभयो, “८ घण्टाको फरकमा लगाउनुपर्ने सुई १२ घण्टा वितिसक्दा पनि लगाउन आउँदैनन् । ”

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जिल्ला अस्पताल रहेको ५० श्ययाको क्षमताको अस्पताल हो । तर, चिकित्सक अभावमा स्वास्थ्य सहायक(एचए) विजय पराजुली र केही अहेबले ओपिडीमा आएका बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका हुन्छन् । जिल्ला अस्पताल स्वास्थ्य सहायक(एचए) को भरमा सञ्चालन छ । दुईजना करारका चिकित्सक कार्यरत छन् । दरबन्दीका कोही चिकित्सक बिदामा बसेका छन् । भने कोही सरुवा भएर हिँडिसकेका छन् ।
कर्मचारी समायोजनपछि जिल्ला अस्पताल केही सातादेखि चिकित्सक बिहीन छ ।