५ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ८६ अर्ब बजेट



अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । तस्बिर : रत्न श्रेष्ठ / रासस
अ+ अ-

काठमाडौँ । सरकारले सडक र शहरी विकास पूर्वाधारको लागि २ खर्ब ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सरकारले सडक र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको जानकारी दिए।