अ
अ+
अ-
काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटक बजेट प्रस्तुत गर्ने प्रक्रियामा नयाँ अभ्यास सुरु गरेका छन्।

उनले यसअघि प्रचलनमा रहेको रातो सुटकेस वा विशेष झोलाको सट्टा नेपाली कागजको फाइलमा बजेट दस्तावेज तयार पारी मन्त्रालयबाट बाहिरिएका छन्।
मन्त्रालयका अनुसार अर्थमन्त्री वाग्ले केहीबेर अघि बजेट फाइल लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गरेका हुन्।
यसअघि नेपालमा बजेट वक्तव्य सामान्यतया रातो सुटकेसमा राखेर प्रस्तुत गर्ने परम्परा रहँदै आएको थियो। केही अर्थमन्त्रीहरूले अल्लोबाट बनेका झोला वा अन्य विशेष झोलामा पनि बजेट बोकेका उदाहरण छन्।
तर यसपटक कागजी फाइल प्रयोग गरेर गरिएको यो अभ्यासलाई नयाँ शैलीको सुरुवातका रूपमा हेरिएको छ।
न्यूजपोलार
१५ जेष्ठ २०८३, शुक्रबार १५:४६
न्यूजपोलार
१५ जेष्ठ २०८३, शुक्रबार १५:४६
१५ जेष्ठ २०८३, शुक्रबार १५:४६










