८ भाद्र २०८३, सोमबार
,
Latest
दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा सिटी फुक्दै उत्रिए सुकुम्वासी



अ+ अ-

काठमाडौं: सुकुम्वासीको उचित व्यवस्थापनको माग गर्दै आज काठमाडौँमा बालेन्द्र शाह सरकार विरुद्ध प्रदर्शन गरिएको छ।

माइतीघर मण्डलाबाट सुरु भएको हजारौंको र्‍याली नयाँ बानेश्वर पुगेको थियो । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालको अगुवाइमा सिटी बजाउँदै जुलुस निस्किएको हो ।

भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई विकल्प बेगर विस्थापित गरिएको भन्दै पीडितले गुनासो गरेका छन्। राज्यले डोजर आंतक सिर्जना गरेको उनीहरूको भनाइ छ।

सुकुम्वासीप्रति ऐक्यबद्धता जनाउँदै अधिकारकर्मी, नगारिक समाजका अगुवा, बुद्धिजीवी तथा जेनजी युवाले पनि प्रदर्शनमा भाग लिएका थिए ।

उनीहरूले सुकुम्वासीमा डोजर आंतक बन्द गर, अखन के बालेन सरकार यो कत है भूमिहीन, सुकुम्बासी के अधिकार यो, यू स्मेल लाइक ए फासिस्ट (फासिबादी जस्तै देखियौ तिमी) डोजर आतंक बन्द गर, उठीबास गर्ने सरकार मुर्दाबाद जस्ता नारा लगाएका थिए ।

उनीहरुले प्रधानमन्त्री बालेन शाहका विभिन्न ढंगका तस्बिरहरु पोस्टकार्डमा राखेर नारा लेखेका थिए । सरकारले सुकुम्वासीको आवाज नसुनेपछि सिटी बजाएर खबरदारी गर्नु परेको उनीहरूले जनाएका छन्।