२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वटा एम्बुलेन्स हस्तान्तरण



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले खरीद गरेका १६ वटा आधुनिक सुविधायुक्त एम्बुलेन्स प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज धनगढीमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई उक्त एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई÷दुई तथा बाजुरा र डोटीमा एक/एक गरी १६ वटा स्वास्थ्यचौकी तथा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिण्डरबाहेकका सुविधा नभएको अवस्थामा नयाँ खरीद गरिएका एम्बुलेन्समा फुल एसीसहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरणलगायतको सुविधा रहेको बताइएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले भन्सार छुटसहित कुल रु छ करोड २५ लाख १२ हजारमा ती एम्बुलेन्स खरीद गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका आधुनिक एम्बुलेन्सले अकालमै मृत्युवरणमा पुग्ने अवस्थामा रहेका मानिसलाई केही हदसम्म न्यूनीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री सुवेदीले हस्तान्तरण गरिएका एम्बुलेन्सको सञ्चालनका लागि चाहिने खर्च तथा मर्मतसम्भारका लागि सम्बन्धित स्थानीय तहले नै व्यहोर्ने गरी एम्बुलेन्स सुम्पिएको बताउनुभयो । उहाँले आफ्नो सम्पत्तिजस्तै गरेर एम्बुलेन्सको सही सदुपयोग गर्न स्थानीय तहहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री सुवेदीले आगामी दुई महिनाभित्र ८८ वटै स्थानीय तहका प्रत्येक स्वास्थ्य संस्था तथा अस्पतालमा भिडियो एक्सरे गर्ने मेशिन उपलब्ध गराउने गृहकार्यमा सरकार लागिरहेको जानकारी दिनुभयो ।