काठमाडौं । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन बुधबार पनि सकिएको छैन ।
प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिलमा पेश भएपछि जिल्ला अदालत रौतहटमा जन्मकैदको माग गर्दै मुद्दा दर्ता गरेको थियो । त्यसपछि मंगलबार अदालतले आलमको बयान लिन सुरु गरेको थियो ।
तर आज बुधबारमा दिउँसो लामो समय लोडसेडिङ भएका कारण कम्युटर सञ्चालनमा समस्याका आएका कारण आलमको बयान लम्बिएको अदालत स्रोतले जानकारी दिएको छ ।
अब आलमको बयान भोलि बिहीबार पनि जारी रहने छ । आलमको बयान सकिएपछि थुनछेक बहस हुन्छ ।