२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कोटामा पढेका डाक्टरले २ वर्षमात्र सेवा गरे पुग्ने



अ+ अ-

काठमाडौं । सरकारी कोटामा एमबिबिएस पढेका डाक्टरहरूलाई सर्वोच्च अदालतले २ वर्षमात्र सरकारी अस्पतालमा सेवा गर्न लगाउन आदेश दिएको छ। सरकारी कोटामा एमबिबिएस पढेकाहरूका लागि ४ वर्ष सेवा गर्नुपर्ने ऐनमा व्यवस्था थियो।

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उक्त व्यवस्था खारेज गर्न माग गर्दै डाक्टर उज्वल पौडेल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिटमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश बमकुमार श्रेष्ठले यसअघिको सर्वोच्च अदालतकै फैसलालाई आधार मान्दै २ वर्षमात्र सेवा गरे पुग्ने गरी अन्तरिम आदेश गरेको सर्वोच्चका प्रवक्ता देवेन्द्र ढकालले बताए।

सर्वोच्च अदालतले २०७३ साल भदौ ५ गते सरकारी कोटामा पढेका विद्यार्थीले २ वर्ष सरकारी अस्पतालमै सेवा गर्नुपर्ने गरी फैसला गरेको थियो। शिक्षा मन्त्रालय आफूले छात्रवृत्ति दिएर पढाएका विद्यार्थीलाई २ वर्ष सेवा गरे पुग्ने नियम बनाएको छ।