२७ भाद्र २०८३, शनिबार
,
Latest
‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शमा ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनामार्फत राज्य सञ्चालन हुने व्यवस्था सुरु हुनु गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

सन्देशमा अध्यक्ष ओलीले गाउँगाउँमा स्थानीय सरकारको उपस्थिति, राज्यका साधनस्रोतमा नागरिक पहुँच विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रता, खुला अभिव्यक्ति, सेवामा डिजिटल पहुँच तथा सडक–सञ्चार विस्तारलाई गणतन्त्रका उपलब्धिका रूपमा चित्रण गर्नुभएको छ ।

जनताले आफ्ना लागि आफैंले शासनप्रणाली निर्धारण गर्ने गणतान्त्रिक अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो सङ्घर्ष गर्नुपरेको उल्लेख गरिएको छ ।

बोल्ने, लेख्ने, सङ्गठित हुने तथा राजनीतिक विचार राख्ने अधिकार प्राप्तिका क्रममा हजारौँ अग्रजले जीवन बलिदान गर्नुपरेको र धेरैले लामो जेलनेल, यातना तथा निर्वासन भोग्नुपरेको स्मरण सन्देशमा गरिएको छ । रासस