१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुनुवालाई सचेतना जगाउन माेरङ प्रहरी सक्रिय



अ+ अ-

विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङले हिरासतमा रहेका बन्दीलाई सचेतना गराउने कार्यको शुरुवात गरेको छ । पाँच वटा हिरासत कक्ष रहेको कार्यालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै थुनुवा कोठा छन् ।

माेरङका प्रहरी प्रमुख, उपरीक्षक विश्व अधिकारीले विभिन्न अपराधकाे अभियाेगमा पक्राउ परेका व्यक्तिको मनोविज्ञान बुझ्न बेग्लाबेग्लै कक्षमा गइ बन्दीसँग प्रत्यक्ष जानकारी लिनु भएकाे छ । छजना महिलासहित ३४ जना हिरासतमा रहेका थुनुवालाई चाडपर्वको समापनपछि उपरीक्षक अधिकारीले हामीमा ऊर्जाशील सोच छ, यसलाई हामी सबैले सही सदुपयोग गर्नुपर्छ र यसबाट हाम्रो जीवन नकारात्मक भन्दा पनि सकारात्मक काम गर्न बल प्रदान गर्छ भनिरहँदा थुनुवामा रहेका सबै भावविभोर भएका थिए ।

alt
तस्वीर साैजन्यः ब्लास्टखबर डट कम

थुनुवामा रहेकाहरुले यो थलो कुटपिट गर्ने, यातना दिने, मानसिक तनाव दिने स्थान मात्र नभएर पाहुना जस्तै वातावरण रहेको पाइएको उनीहरुको भनाइ थियो । थुनुवामा रहेकाको हौसला प्रदान गर्न र यहाँ पछिको जीवन अपराधमुक्त गर्न प्रहरी उपरीक्षक अधिकारीले पहिलो पटक यो कार्य गरेको पाइएकोले उनीहरु अत्यन्त हर्षित र खुशी देखिएका थिए । मोरङ प्रहरीको हिरासतमा सबैभन्दा बढी अभद्र व्यवहार कार्यमा म्याद थप गरिएका अभियुक्तहरु छन् ।

हिरासतमा १४ जना अभद्र व्यवहार मुद्दाका, लागुऔषधका पाँच जना, बहुविवाहका तीन जना, चोरी ठगिका एक जना, जबरर्जस्ती करणीका दुई जना, विष्फोटक पदार्थका चार जना, बैंकिङ कसुरका एक जना र हातहतियार मुद्दाका एक जना अभियुक्त छन् । रासस