३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको बिदाइ गरेको छ ।

आज भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम जोशी र जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले भारतको उत्तराखण्डमा सञ्चालन हुने ४२ औँ अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको बिदाइ गरेका हुन् ।

नेपाली टोलीमा कप्तान अनिलकुमार साहको नेतृत्वमा टोली गड्डाचौकी नाका भएर भारत प्रस्थान गरेको छ । टोलीमा मयन यादव, तृत राज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल छन् ।

नेपालले आगामी मे ३० मा केरलासँग पहिलो खेल खेल्नेछ । त्यसपछि नेपालले मे ३१ मा गोवा र जुन २ मा ओडिसासँग खेल्नेछ । प्रतियोगिताको क्वार्टरफाइनल जुन ४ मा, सेमिफाइनल जुन ६ मा र फाइनल जुन ७ मा हुनेछ ।

नेपाल ‘ए’ का प्रशिक्षक राजु बस्न्यातले नेपाली टोली उत्तराखण्डमा गएर भारतका विभिन्न राज्यका टिमसँग खेल खेल्ने बताउनुभयो । “यो भारतको प्रतिष्ठित प्रतियोगिता हो ।

यसले हाम्रा खेलाडीमा सकारात्मक उर्जा विकास गर्ने विश्वास छ”, उहाँले भन्नुभयो, “नेपाली खेलाडीले यहाँ खेल्न पाउँदा मनोबल बढ्ने र अनुभवका हिसाबले फलदायी हुनेछ ।”  रासस