३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोसी मन्त्रिपरिषद्का निर्णयः हलेसी र बराहक्षेत्र विकास समितिमा कार्यकारी निर्देशक नियुक्त



अ+ अ-

मोरङ। कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राईलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निवासी राईलाई निर्देशकमा नियुक्त गरिएको प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिनुभयो ।

यसैगरी बैठकले बृहत्तर बराहक्षेत्र विकास समितिको कार्यकारी  निर्देशकमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का अभिझाल विष्टलाई नियुक्त गर्ने निर्णय भएको छ ।

यस्तै, बैठकले आयोजना बैंक सूचना प्रणालीमा प्रविष्ट भएका आयोजनाको सूचीकृत विवरण कार्यान्वयनका लागि प्रदेश योजना आयोगलाई सहमति प्रदान गर्ने निर्णय गरिएको छ ।

सिँचाइ व्यवस्थापन हस्तान्तरण कार्यविधिलाई थप व्यवस्थित बनाउन सिँचाइ कार्यविधि–२०८३ लाई आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय भएको छ ।

यस्तै, बैठकले पुरानो घर भत्काउँदा निस्कने पुराना काठ आवश्यक प्रक्रिया पूरा गरी ओसारपसार गर्नका लागि खुला गर्ने निर्णय बैठकले गरेको छ ।  रासस