२ भाद्र २०८३, मंगलवार
,
Latest
लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ। नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा इन्डोनेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज खेलमा नेपालले इन्डोनेसियामाथी चार विकेटको जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले चीनमाथि १९ रनको शानदार जित हात पारेको थियो । आजको खेलमा इन्डोनेशियाले नेपाललाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु वर्माले अविजित ४२ रनको महत्वपूर्ण इनिङ्स खेलिन् । सोनी पाखरिनले २९ तथा सीता रानामगरले अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै ६ बलमा अविजित १३ रन जोडिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको थियो । इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५६ रन बनाइन् । त्यस्तै भने नि लुह देवीले २३ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा नौ रन खर्चेर दुई विकेट लिइन् । त्यस्तै रिया शर्माले एक विकेट हात पारिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी इन्दु वर्मा प्लेयर अफ द म्याच घोषित भइन् । रासस