१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकुञ्जमा पाहुना चरा



अ+ अ-

चितवन । पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्को एउटा सुन्दरता पनि थपिने गर्दछ । त्यो हो विदेशी आगन्तुक चरा । जाडो छल्न र आहाराको खोजीमा ६ हजार किलोमिटर परदेखि झण्डै ४५ दिन लगाएर विभिन्न प्रजातिका चरा यहाँ आउने गर्दछन् ।

चराविद् डा हेमसागर बरालका अनुसार अगस्तदेखि डिसेम्बरसम्म आउने ती चरा झण्डै ६ महिना नेपाल बस्छन् । नेपालको उत्तरी सीमा हुँदै धेरै प्रजातिका चराहरु यहाँ आउने गर्दछन् । ती चरा कतिपय हिमालमाथिबाट र कतिपय खोच हुँदै नेपाल प्रवेश गर्ने गर्दछन् । सबैभन्दा बढी चीन र त्यसपछि मङ्गोलिया, रसिया, कोरिया, मध्यएशियाका विभिन्न देशबाट चरा आउँछन् ।

उहाँका अनुसार १५० भन्दा बढी प्रजातिका चरा नेपालमा आउने गर्दछन् । तीमध्ये झण्डै १२० प्रजातिका चितवनमा मात्रै आउँछन् । यसरी आउने चरामा जलपक्षीसँगै घाँसे मैदान, वनआश्रित, हिमालयमा बस्ने र मध्यपहाडमासमेत बस्ने चरा यहाँ आउने उहाँको भनाइ थियो ।

विगतका वर्षमा चिलको एक प्रजातिले नेपालमा बच्चा कोरलेको भए पनि पछिल्ला वर्षमा हिँउदे आगन्तुक प्रजातिका कुनै पनि चराले यहाँ बच्चा कोरलेको पाइदैन । ती चरा जाडो सकिएसँगै क्रमशः बच्चा कोरल्नका लागि फर्किने गर्दछन् । चरा विज्ञ बराल भन्नुहुन्छ, “चितवन चराका लागि स्वर्ग हो ।”

जलपक्षीका लागि यहाँका नदी, सिमसार क्षेत्र छन् भने विश्वको उत्कृष्ट घाँसे मैदान, सिराइचुलीदेखि सोमेश्वरसम्मका चुरे पहाड, मध्यवर्तीका विशाल घना जङ्गल चराका लागि उत्कृष्ट वासस्थान भएको बरालको भनाइ थियो । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु बिडारी चितवनमा ६४० प्रजातिका चरा रहेको बताउनुहुन्छ । देशभरमा ८८८ प्रजातिका चरा रहेका छन् ।

चरा हेर्न रुचाउने पर्यटक यतिबेला चितवन राष्ट्रिय निकुञ्ज आउने गरेको बिडारीको भनाइ छ । उहाँका अनुसार राप्ती, नारायणी, रिउ नदीसँगै नानी, गरुढ ताल हाँस प्रजातिका चराले भरिने गरेका छन् ।

केही दिनमा यहाँ सुन्दर चराहरुले मनमोहक आकर्षण दिने गर्दछन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार अहिले निकुञ्जका विभिन्न ठाउँमा पाहुना चरा देखिने गरेको छ । नदीमा हाँसका प्रजातिले सुन्दरता बढाएको उहाँले बताउनुभयो । चरा हेर्न रुचि राख्ने र अनुसन्धान गर्न चाहनेहरु यतिबेला निकुञ्जमा आउने गर्दछन् ।