८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारको मनोनयनपूर्व र्याली



अ+ अ-

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारको मनोनयनपूर्व दलहरुले पोखराका ठाउँठाउँबाट र्याली निकालेका छन् ।

घोषित निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएकोमा त्यसको तयारीमा दल जुटेका हुन् । उम्मेदवारी दर्ता गर्न जानका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पोखराको शान्ति वनस्थित जिल्ला पार्टी कार्यालयबाट जुलुससहितको र्याली निकालेको छ ।

त्यस्तै नेपाली काङ्ग्रेसले पोखरा सभागृहबाट सांस्कृतिक झाँकीसहित र्याली निकालेको छ भने समाजवादी पार्टीको र्याली पनि पोखरा सभागृहबाट शुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीचोकबाट र्याली निकालेको छ । र्यालीमा दलका केन्द्र एवं जिल्लास्तरका नेता सहभागी छन् । पोखरा महानगरपालिकाअन्तर्गत ११ वटा वडामा समेटिएको कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । निर्वाचनका लागि ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ ।