३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व संकलन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १०९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४६, निषेधित क्षेत्रमा हर्न बजाउने १०३, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ११२, एकतर्फी सडकमा सवारी चलाउने ८५ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२३ जनालाई कारबाही गरिएको हो । रासस