८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय बीउ उत्पादनमा जोड



अ+ अ-

काठमाडौँ । पौष्टिक गुणस्तरीय खाद्य तथा बीउ उत्पादनका क्षेत्रमा एकआपसका ज्ञान आदानप्रदान गर्न क्षेत्रीय बैठक शुरु भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको संयोजनमा नेपालमा पहिलोपटक आयोजत सो दुईदिने बैठकमा नेपालसहित नेदल्याण्ड, भारत, भियतनाम, बङ्गलादेश, भूटानको सहभागिता रहेको छ ।

बैठकमा वातावरणलाई असर नपुर्याइ बीउको विविध क्षेत्रमा दिगो विकास विषयमा पनि सहभागी देशले गरिरहेका प्रयासका बारेमा कार्यपत्र एवं आगामी रणनीति तय गरिने जनाइएको छ । साथै बीउ उद्योगका अवस्था तथा बीउ उत्पादन गर्ने कृषकका क्षमता विकासका विषयमा पनि बैठकका कार्यसूची रहेका छन् ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले बैठकको शुभारम्भ गर्दै खाद्य सुरक्षा बढाउँदै भोकमरी अन्त्य गरी दिगो विकासका लक्ष्य पूरा गर्न मन्त्रालयले नीति बनाई लागू गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय जातको बीउ लोप हुन नदिन र आयातित बीउको जथाभावी प्रयोग हुन नदिन सरकार सचेत रहेको छ । स्तरीय बीउमा कृषकको पहुँच बढाउन सामूहिक प्रयास गर्नुपर्छ ।”

आयोजक संस्थाका अध्यक्ष खेमबहादुर पाठकले राम्रो बीउको अभावले कृषकले समस्या व्यहोर्नु परिरहेको चर्चा गर्दै स्तरीय बीउ उत्पादनमा सरकारी लगानी बढाउनुपर्छ भन्नुभयो । बैठकको उद्घाटनसत्रमा नेदल्याण्डका विज्ञद्वय इगो फरोगान र एल्स फान डेलले कृषि उत्पादन वृद्धि गर्न गुणस्तरीय बीउमा लगानी बढाउन सुझाव दिनुभयो ।