२ भाद्र २०८३, मंगलवार
,
Latest
लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा महिला भलिबलको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दै



अ+ अ-

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज दुवै सेमिफाइनल खेलहरू हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्डहलमा हुने सेमिफाइनल खेलमा घरेलु टोली नेपालले इरानको सामना गर्नेछ ।

८ टोली सहभागी यस च्याम्पियनसिपको सेमिफाइनल जित्ने दुई टोलीहरू शुक्रबार हुने फाइनलमा पुग्नेछन् । नेपाल भलिबल सङ्घका अनुसार यस च्याम्पियनसिपको विजेता टोली आगामी एसियन कपका लागि छनोट हुनेछ ।

समूह ‘बी’ को विजेता इरान र समूह ‘ए’ को उपविजेता नेपालबिचको दोस्रो सेमिफाइनल खेल आज साँझ ५ बजे सुरु हुनेछ । इरान समूह चरणमा आफ्ना तीनवटै खेल सोझो सेटमा जित्दै अपराजित बनेर सेमिफाइनल पुगेको टोली हो । यता, नेपालले भने समूह चरणमा दुई खेलमा जित निकाल्दा एक खेलमा भारतसँग पराजय बेहोरेको थियो ।

यसअघि सन् २०२४ मा काठमाडौँमै भएको प्रतियोगितामा नेपाल र इरानबिच दुई खेल भएका थिए, जसमा दुवै टोलीले एक-एक खेल जितेका थिए ।

आजै दिउँसो २:३० बजे हुने पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता भारत र समूह ‘बी’ को उपविजेता काजखस्तान भिड्दै छन् । भारत समूह चरणमा ३ वटै खेल जितेर अपराजित रहँदै सेमिफाइनल पुगेको हो । भारत सन् २०२४ मा काठमाडौंमै भएको यस च्याम्पियनसिपको पहिलो संस्करणको विजेता समेत हो ।

अर्कोतर्फ, काजखस्तान यस च्याम्पियनसिप खेल्ने टोलीहरूमध्ये सबैभन्दा माथिल्लो वरीयतामा रहेको टिम हो, जसले समूह चरणमा दुई खेल जित्दा एक खेलमा हार बेहोरेको थियो ।