७ श्रावण २०८३, बिहीबार
,
Latest
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु पुष्पलाल स्मृति दिवस मनाइँदै झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा नयाँ सञ्चार परीक्षण उपग्रह सफल प्रक्षेपण



अ+ अ-

बेजिङ। चीनले नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनको दक्षिणी द्वीपीय प्रान्त हाइनानस्थित अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार बिहान यो उपग्रह अन्तरिक्षतर्फ पठाइएको हो ।

चिनियाँ समाचार संस्थाका अनुसार उपग्रहलाई बेइजिङ समयअनुसार राति १२ बजेर १६ मिनेटमा परिमार्जित वाहक रकेटमार्फत प्रक्षेपण गरिएको थियो । प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षामा प्रवेश गरेको पुष्टि गरिएको छ ।

यो नयाँ परीक्षण उपग्रह मुख्य रूपमा बहुब्यान्ड तथा उच्चगतिको उपग्रह सञ्चार प्रविधिको परीक्षण र प्रमाणीकरणका लागि प्रयोग गरिने बताइएको छ । यसबाट भविष्यमा अझ छिटो, सुरक्षित र स्थिर सञ्चार सेवा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी अन्तरिक्षमार्फत सञ्चार सेवा विस्तार, सूचना आदानप्रदानको गति वृद्धि तथा आधुनिक सञ्चार प्रणालीको क्षमता अभिवृद्धिमा यस अभियान महत्वपूर्ण हुने चीनको विश्वास छ ।

उक्त अभियानका लागि प्रयोग गरिएको वाहक रकेट चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत विकसित अत्याधुनिक प्रक्षेपण प्रणालीमध्ये एक मानिन्छ । यो प्रक्षेपणसँगै उक्त रकेट शृङ्खलाको ६४५औँ उडान अभियान सफलतापूर्वक सम्पन्न भएको छ, जसलाई चीनको अन्तरिक्ष प्रविधि विकासको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

हालका वर्षहरूमा चीनले अन्तरिक्ष अनुसन्धान, सञ्चार प्रविधि, चन्द्र अभियान तथा अन्तरिक्ष केन्द्र निर्माणलगायत क्षेत्रमा तीव्र रूपमा प्रगति गरिरहेको छ । नयाँ परीक्षण उपग्रहको सफल प्रक्षेपणले चीनको अन्तरिक्ष तथा सञ्चार प्रविधि क्षमतालाई थप सुदृढ बनाउने विश्लेषण गरिएको छ ।  (रासस/सिन्ह्वा)