कास्की । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा नजिकै विस्फोट भएको छ । उप निर्वाचनको मनोनयन दर्ता कार्यक्रमको समय सुरु हुनासाथ निर्माणाधिन पोखरा पर्यटक बसपार्कमा विस्फोट भएको हो ।
विस्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । विस्फोट कसले र किन गरिएको भन्नेबारे पनि थाहा हुन सकेको छैन । वैदाम प्रहरी इञ्चार्ज डीएसपी कोमल शाहले स्थिति नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।
कास्की–२ मा हुन लागेको प्रतिनिधिसभाको उपचुनावको लागि बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।