११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

जेनजी प्रदर्शनमा आयोजकको भूमिका, घुसपैठ र सुरक्षा तयारीबारे आयोगले उठायाे प्रश्न

जेनजी प्रदर्शनमा आयोजकको भूमिका, घुसपैठ र सुरक्षा तयारीबारे आयोगले उठायाे प्रश्न
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन तथा त्यसपछि विकसित हिंसात्मक घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै घटनाक्रम, आयोजकको भूमिका र सुरक्षानिकायको तयारीबारे प्रश्न उठाएको छ।

प्रतिवेदनअनुसार २०८२ साल भदौ २३ गते बिहान करिब ९ बजेतिर जेनजी आन्दोलनका अगुवा भनिने आव्हानकर्ताहरू रक्षा बम, जस्मिन ओझा लगायतको समूह माइतीघर मण्डलास्थित प्रदर्शनस्थलमा पुगेका थिए। सोही क्रममा हामी नेपालका सुधन गुरुङले टेन्ट, स्वास्थ्य स्वयंसेवक, तीनवटा एम्बुलेन्स र माइकिङलगायतका व्यवस्था गरेको देखिएको उल्लेख छ।

प्रतिवेदनमा उक्त व्यवस्थापछि आयोजक समूहबीच केही समय विवाद भएको र रक्षा बम, जस्मिन ओझा लगायतले सुधन गुरुङलाई प्रदर्शनबाट फर्कन आग्रह गरेको समेत देखिएको जनाइएको छ।

त्यसपछि माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढ्दै प्रहरी ब्यारिकेड तोडेर संसद भवनतर्फ गएको विषय पनि प्रतिवेदनमा उल्लेख छ। यस क्रममा उनीहरू कस्को नेतृत्वमा अगाडि बढे भन्ने स्पष्ट नभएको प्रतिवेदनले औँल्याएको छ।

आयोगले शान्तिपूर्ण प्रदर्शनका नाममा अनुमति लिइए पनि प्रदर्शन सुरु हुनुअघि नै प्राथमिक उपचारका लागि टेन्ट, स्वास्थ्य स्वयंसेवक र एम्बुलेन्सको व्यवस्था किन गरिएको हो भन्नेबारे आयोजकहरूले स्पष्ट जवाफ दिन नसकेको उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार प्रहरी ब्यारिकेड तोडिएपछि प्रदर्शन उत्तेजक र हिंसात्मक बनेको र “गलत तत्वको घुसपैठ” भएको भन्ने सुरक्षा निकायका पदाधिकारीहरूको भनाइ मिसिलमा संलग्न रहेको देखिन्छ।

घुसपैठ भएको थाहा पाएपछि आयोजकहरूले त्यसलाई रोक्न के-कस्ता प्रयास गरे भन्ने स्पष्ट नदेखिएको आयोगको निष्कर्ष छ।

आयोगले घटना योजनाबद्ध रूपमा वा आकस्मिक रूपमा जुनसुकै अवस्थामा भए पनि प्रदर्शनका आयोजकहरूलाई जिम्मेवार ठहर गर्नुपर्ने विषयमा प्रश्न उठाएको छ। साथै, अनुमति लिने आयोजकहरूले परिस्थितिको जवाफदेहिता लिनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, आयोगले सुरक्षानिकायले समेत परिस्थितिको सूक्ष्म विश्लेषण गरी आवश्यक तयारी र नियन्त्रणमा पर्याप्त ध्यान दिन नसकेको देखिएको निष्कर्ष पनि प्रतिवेदनमा समेटिएको छ।